presscenterbanke

Message from General Secretary

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

  • Home
  • »
  • Message from General Secretary

Message from General Secretary

मा यहाँलाई स्वागत छ !

आदरणीय सदस्यहरू तथा शुभेच्छुक मित्रहरू !

जनपक्षीय पत्रकारिताको पहरेदार, परिवर्तनको संवाहक र आवाजविहिनहरूको आवाजको रूपमा स्थापित हाम्रो गौरबशाली संगठन प्रेस सेन्टर नेपाल आज आफ्नो स्थापनाको २० औं वर्षमा हिँडिरहेको छ । दुई दशकको यो यात्रामा यसले अनेकौं आरोह अवरोह पार गर्दै र अद्वितीय वलिदान, त्याग, समर्पण, विद्रोह र किर्तिमानका आधारशीला खडा गर्दै अगाडि बढिरहेको छ ।

यस दौरानमा आफ्नो भौतिक जीवन उत्सर्ग गर्नुहुने महान सहिद तथा वरिष्ठ पत्रकार एवम् प्रगतिवादी साहित्यकार कृष्णसेन इच्छुकलगायत सबै अमर सहिदहरूप्रति उच्च सम्मान सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता योदाहरू, घाइते अपाङ्गता योद्वाहरूप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

पत्रकारिता समाजको ऐना हो । पत्रकारिता समाजको पथ प्रदर्शक पनि हो । पत्रकारिता अग्रगामी अभियान हो र हुनुपर्दछ । पत्रकारिताले भुइँमान्छेका आवाज मुखरित गर्नुपर्छ, पत्रकारिताले दविएका, थिचिएका, पिल्सिएका, उत्पिडनमा पारिएका सबै वर्ग, क्षेत्र लिंग समुदायको पक्षमा बोल्नुपर्छ र लेख्नुपर्छ । पत्रकारिता कुनै भुगोलको सिमामा कैद हुनुहुँदैन, शासकका बन्दुकले रोकिनुहुँदैन, गरिबी, अभाव, भोक, रोग र शोकमा थलिनुहुँदैन, यो जतिबेला पनि, जहाँपनि प्रतिकुलतालाई अनुकुलतामा फेर्दै नदीको छाल झै बगिरहनुपर्छ । प्रेस सेन्टर त्यो चाहन्छ ।

प्रेस सेन्टर नेपाल आम श्रमजीवी पत्रकारहरूको पक्षमा, साना लगानीका मिडियाहरूको पक्षमा, सुचनासञ्चारको विकासको पक्षमा, सुशासन, विकास र समृद्धिको पक्षमा र अग्रगामी परिवर्तनको पक्षमा दृढ छ । पत्रकारको क्षमता अभिवृद्धि, मिडियाहरूको व्यवस्थित परिचालन र पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा कृत संकल्पित र निरन्तर क्रियाशील छ ।

अहिले विश्वव्यापी कोरोना महामारीपछि मिडिया क्षेत्र संकटग्रस्त अवस्थामा छन् । साना लगानीमा चलेका स्वरोजगार मिडियाहरू झन बढि संकटमा र अस्तित्व रक्षाको लडाइँमा मात्रै होइन पत्रकारहरू पेशाबाट निरन्तर पलायन हुने क्रम बढिरहेको छ । यसलाई रोक्ने, मिडियालाई बचाउने र पत्रकारितालाई गौरवपुर्ण पेशाको रूपमा स्थापित गर्दै पत्रकारलाई पेशामा टिकाउने चुनौति हाम्रा सामु छ ।

चुनौतिसंगै पछिल्लो समयमा नेपालमा सुचना सञ्चार र प्रविधीले फड्को मारिरहेको छ । प्रेस सेन्टर नेपालले डिजिटल फ्रेमवर्कलाई आवश्यकता महसुस गरि सुचना सञ्चार र प्रविधीको क्षेत्रमा मौलाई रहेको नविनतम् विकासलाई समेट्दै गईरहेको छ ।

प्रेस सेन्टर नेपाल अहिले ८ भौगोलिक प्रदेश, २ गैर भौगोलिक प्रदेश र प्रवास प्रदेश गरि ११ प्रदेशमार्फत विश्वभर स्थापित र परिचालित छ । आफ्नै विधान, विधि र नितिमा आधारित यस संगठनमा ५ हजार भन्दा बढि क्रियाशील पत्रकार सदस्य आवद्ध हुनुहुन्छ । संगठनको जिल्ला र पालिकामा समिति र वडामा कम्तिमा १ क्रियाशील पत्रकार रहनेगरी संरचना रहेको छ ।

आउनुहोस् जनपक्षीय र परिवर्तनकामी अग्रगामि सोँच, विचार र आचरण तथा सकारात्मक चिन्तनलाई एकीकृत र केन्द्रीकृत गर्दै प्रेस सेन्टर नेपालको झण्डामा गोलबन्द बनौं, जनपक्षीय पत्रकारिता, राष्ट्रिय स्वाधिनता, सुशासन र समृद्धिको पक्षमा अगाडि बढौं ।
धन्यवाद !

………………..

महासचिव

प्रेस सेन्टर नेपाल