presscenterbanke

प्रेस सेन्टर नेपाल कोशी प्रदेशको अधिवेशन सम्मन्न, अध्यक्षमा राजन राई निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल कोशी प्रदेशको गत माग ११ गते तेस्रो अधिवेशन सम्मपन्न भएको छ । विराटनगरमा सम्पन्न अधिवेशनमा खोटाङका राजन राई अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस अघि प्रदेश उपाध्यक्ष रहनुभएका राई तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै, समितिको समितिको वरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओति, महासचिवमा गोकुल पराजुली, सचिव ईश्वर थापा, डिकेश लामा, बिनु तिम्सिना, सत्यनारायण शर्मा, कोषाध्यक्ष झुलन रेग्मी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा हरि अधिकारी, बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतीराम रसाइली, प्रवीण बानियाँ, भीमकुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम र दीपक अधिकारी छन् ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरी प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीले पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा सकरात्मक भूमिका खेल्नुपर्ने बताउनु भएको थियो । उहाँले प्रेस सेन्टर कान्छो सङ्गठन भए पनि दर्बिलो र ओझ पूर्ण सङ्गठन भएको दाबी गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्र प्रदेश सचिव तथा पूर्वमन्त्री गणेश उप्रेती सुशीलले प्रेस सेन्टर समाजवादी यात्रामा अघि बढेको सङ्गठन भएको उललेख गनृुभएको थियो । उप्रेती सुशीलले समाजवादी उद्देश्यलाई केन्द्रमा राखेर व्यावसायिक पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो । डिजिटल युगमा पत्रकारिता चुनौती थपिएको बताउँदै नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इन्चार्ज विजय साम्पाङले प्रदेश अधिवेशन त्यो चुनौती चिर्नुपर्नेमा जोड दिनुभएको हो।

उद्घाटन सत्रमा कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गङ्गा बराल, लक्ष्मण खड्का, नेपाल पत्रकार महासङ्घ केसी प्रदेशकी महासचिव हेमा चेम्जोङ, प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित, समाजवादी प्रेस सङ्गठन प्रदेश अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *