presscenterbanke

प्रेस सेन्टरको महाधिवेशनको तयारी तीव्र, अहिलेसम्म कहाँकहाँको अधिवेशन सकियो ?

जनपक्षीय पत्रकारिता गर्ने श्रमजीवि पत्रकारहरूको संगठन ‘प्रेस सेन्टर नेपाल’ को महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन यही चैत १५, १६ र १७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ । उक्त निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने गरी तयारी तीव्र पारिएको हो ।

केन्द्रीय महाधिवेशनपूर्व जिल्ला तथा प्रदेशका अधिवेशनहरू धमाधम भइरहेका छन् । केन्द्रीय महाधिवेशनपूर्व प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गरिसक्न प्रेस सेन्टर नेपाल केन्द्रीय कमिटीले सर्कुलर जारी गरिसकेको छ । सोहीअनुसार जिल्ला र प्रदेश अधिवेशनहरू धमाधम भइरहेका हुन् ।

प्रेस सेन्टर नेपाल, कोशी प्रदेशको अधिवेशन विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ । त्यस्तै प्रतिष्ठान प्रदेशको अधिवेशन पनि काठमाडौंमा सम्पन्न भएको छ । कोशीमा राजन राई अध्यक्षमा निर्वाचित हुँदा प्रतिष्ठानमा लक्ष्मण दर्नाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै गण्डकी प्रदेशको अधिवेशन पनि पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । गण्डकीमा अर्जुन काफ्लेको अध्यक्षमा कार्यसमिति निर्वाचित भएको छ ।

त्यस्तै प्रेस सेन्टर नेपाल जिल्ला समितिको अधिवेशन पनि धमाधम भइरहेका छन् । जसअनुसार झपाको अधिवेशनले पुष्प खड्काको नेतृत्वमा कर्यसमिति निर्वाचित गरेको छ भने रुकुम पश्चिममा मनिष खड्काको नेतृत्वमा जिल्ला कार्यसमिति निर्वाचित भएको छ ।

त्यस्तै दैलेखमा तीर्थ भण्डारी, गोरखामा राजेश पौडेल, महोत्तरीमा विशाल बस्नेत, सर्लाहीमा श्रवण थापा, प्युठानमा यादव पौडेल तथा रोल्पामा स्मृती रोकाको अध्यक्षतामा कार्यसमिति निर्वाचित गर्दै जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

उता, सुर्खेतमा टेकेन्द्र विश्वकर्मा रसाइली, भक्तपुरमा मदन ढुंगाना, कपिलवस्तुमा मनिष कार्की, रुकुमपूर्वमा जयमान बुढा, दाङमा जनक नेपाली, पर्सामा शिवनाथ यादव, सल्यानमा सरिता चलाउने, गोरखापत्र शाखामा सुजन गुरुङ, पाल्पामा कृष्ण दर्नाल र प्रतिष्ठान प्रदेश जिल्ला शाखामा प्रेम पुनलाई अध्यक्षमा निर्वाचित गर्दै जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

त्यस्तै, इलाममा नमिन ढकाल, भोजपुरमा नवीन मास्के, पाँचथरमा युद्धबहादुर बोहरा, म्याग्दीमा कमल खत्री, बर्दिया गान्दिपलाल कायस्थ, हुम्लामा तिलसरा विक, सप्तरीमा विन्दुकुमार यादव, जुम्लामा तिलमाया शाही, बझाङमा राजेन्द्र वि.सिंह, सिरहामा रामभरोशी यादव, ललितपुरमा दीपक अर्याल, रेडियो नेपाल टेलिभिजन पीएसबी शाखामा अर्जुन श्रेष्ठ, रुपन्देहीमा विष्णु पोखरेल र बाँकेमा चन्द्र बोहरालाई अध्यक्षमा निर्वाचित गर्दै जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

यस्तै, डडेल्धुरामा भीम दाहाल, काठमाडौंमा राममणि घिमिरे, तनहुँमा अस्मिता खनाल, अछाममा रमेश परियार, दोलखामा सुरज बस्नेत अविरल, सिन्धुलीमा बुद्ध नेपाली, धादिङमा निरबहादुर तामाङ, कास्कीमा दिननाथ बराल, बागलुङमा जीवनकला क्षेत्री सरिता, नवलपुरमा पृतम भुजेल, दार्चुलामा हरिप्रसाज जोशी र बैतडीमा डीआर भट्टको नेतृत्वमा जिल्ला कार्यसमिति निर्वाचित गर्दै जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

यसै गरी, डोटीमा किरण धामी, स्याङ्जामा खेमप्रसाद खनाल, लमजुङमा बासुदेव थापा, बारामा रञ्जन यादव, रामेछापमा निरज श्रेष्ठ, काभ्रेपलाञ्चोकमा रामप्रसाद ढकाल, खोटाङ सुविना अछामी, सिन्धुपाल्चोकमा अशोक पराजुली, अर्घाखाँचीमा ऋषिराम भुसाल, कञ्चनपुरमा अरुणप्रसाद भट्ट, उदयपुरमा अभि लामिछाने, मकवानपुरमा यमप्रसाद पौडेल यम पी र चितवनमा राजेन्द्र आचार्यको नेतृत्वमा कार्यसमिति निर्वाचित गर्दै जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *